९ मंसिर २०८१, आईतवार
सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएकाे छ ।
बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जानकारी दिएकाे छ ।
बैंकले चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्नेछ भने चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यू आर कोड मार्फत भुक्तानीको थालनी गर्नेछ ।
यस्तै चैत्र ११ गते वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने र चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने बैंककाे याेजना रहेकाे छ ।
बैंकले चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम,
चैत्र १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी दिएकाे छ ।
साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ्ग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रसारण गर्ने योजना रहेको छ ।