केही दिनअघि बराइनका राजकुमारले नेपालका कुनै निकायसँग समन्वय नगरी दुई हजार डोज खोप ल्याएको खुलेको थियो ।

सरकारले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थालाई पनि कोरोनाविरुद्धको खोप ल्याउन दिने भएको छ । औषधि व्यवस्था विभागले अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थालाई खोप ल्याउन दिने निर्णय गरेको बताएको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वस्थ्य मन्त्रालयमा ताकेको ढाँचामा उपलब्ध गराउनुपर्ने जनाएको छ ।


केही दिनअघि बराइनका राजकुमारले नेपालका कुनै निकायसँग समन्वय नगरी दुई हजार डोज खोप ल्याएको खुलेको थियो ।
