९ मंसिर २०८१, आईतवार
आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर काेड स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
याेसँगैं सबै क्युआर काेड स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बनेकाे कम्पनीकाे दाबी छ ।
नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आफुहरुकाे यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।