१३ मंसिर २०८१, बिहीबार
सडक मर्मतका लागि करिव दुई महिनादेखि बन्द रहेको बल्खु–कुलेखानी–भीमफेदी सडकखण्ड आजदेखि सुचारु भएको छ । । मर्मतसम्भार तथा कालोपत्र गर्ने काम सकिए पछि आज विहानदेखि सो सडक सञ्चालनमा आएको हो ।
भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । यस्तै मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाण्डौको दक्षिणकाली जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको छ ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी ३४ करोड रुपैयााँ बजेट विनियोजन भएको थियो ।