९ मंसिर २०८१, आईतवार
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँट हुँदैछ ।
दिउँसो १२ः३० सेयर बाँडफाँट गर्ने तयारी गरिएको सेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले सेयर पाउनेछन् ।
कम्पनीको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।
करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले सेयर नपाउने देखिएको छ ।
फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।