ज्योति लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

होमल्याण्ड खबर

२०७७ चैत्र १३ गते, शुक्रबार १३:५० मा प्रकाशित

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ ।

सेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज दिउँसो १२ः३० सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले कुल योग्य आवेदक मध्ये धितोपत्र निष्कासन बाँडफाँड नियमावली २०७४ अनुसार गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकलाई १० कित्ताको दरले सेयर बाँडफाड भएको छ ।

कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकको आवेदन परेको थियो । त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४  हजार ६४५ वटा आवेदन रद्द भएका छन् ।  याेग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।

फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ रिजल्ट उक्त कम्पनिको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।