७ जेष्ठ २०८३, बिहीबार
एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएकाे छ । देशैभर वायु प्रदूषण बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हाे।
मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनकाे भनाइ छ ।


वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।
धूवाँ, धूलो मिश्रित तुवाँलोले काठमाडौंसहित देशैभरको आकाश धुम्म बनेको छ। सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले मौसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेको छ।