थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ चैत्र १७ गते, मंगलवार १६:२९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ।

हाल क्वारेन्टिनमा ५३ जना छन् भने आइसोलेसनमा एक ३९० जना रहेका मन्त्रालयले जनाएको छ ।