सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने

होमल्याण्ड खबर

२०७७ चैत्र १७ गते, मंगलवार १६:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरेका हुन् ।

यो सरकारले लोकप्रिय काम गरिरहेको छ, कसैलाई आपत्ति लाग्छ भने यो सरकारले अझै साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको दर बढाउँछ,’ उनले भने । सामाजिक सुरक्षा भत्ता  कति बढाउने भन्ने बारे भने उनले खुलानन् ।