९ मंसिर २०८१, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक शुभारम्भ गरेकी छन् । आज भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले नवनिर्मित ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उदघाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।
भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा २४ घण्टा पानी आउने व्यवस्था गरिएको आयोजनाका प्रमुख तिरेश खत्रीले बताए । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी यही चैत १५ गतेदेखि परीक्षणका रुपमा काठमाडौं उपत्यकामा वितरण गर्न थालिएको थियो ।
हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । उनका अनुसार मेलम्चीको पानी काठमाडौं उपत्यकाको चक्रपथभित्र वितरण हुनेछ ।