७ जेष्ठ २०८३, बिहीबार
सरकारले आगामी जेठ–असार सम्ममा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने फेरी संक्रमण बढ्ने बताए ।
प्रतिनिधिसभाको आजको सम्बोधन गर्दै उनले यसअघि कात्तिक महिनामा संक्रमण उच्च रहेको स्मरण गरे। कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका र १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत रहेको उनले बताए ।


गत माघको पहिलो साताबाट स.क्रमित घट्दै गइरहेको भएपनि पछिल्लो समय भारतमा दोस्रो लहरको संक्रमण फैलिएकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए ।