वायु प्रदूषणका कारण उडान रद्द

होमल्याण्ड खबर

२०७७ चैत्र २४ गते, मंगलवार १४:१८ मा प्रकाशित

केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डटकमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।

वायु प्रदूषण नहट्दा मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशभर तुँवालो लागेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने हावा चलेको छ । प्रदूषण अझ बढ्दै गएमा सवारीसाधन र उद्योगधन्दा बन्द गर्ने र प्रदूषण कम गर्ने तयारी विभागले तयारी थालेको छ ।

वायु प्रदूषणकै कारण गत मङ्गलबारदेखि चार दिनसम्म बन्द भएका शैक्षिक संस्था आइतबार खोलिएका छन् । देशव्यापी रुपमा वनमा डढेलोको लहर बढेकाले वायु प्रदूषण भने बढिरहेको छ ।

वायु प्रदूषणका कारण हवाइ उडान क्षेत्र पनि प्रभावित बनेको छ । वायुमण्डलमा आएको खराबीका कारण आन्तरिक उडानहरु रद्ध हुन थालेका छन् ।