९ मंसिर २०८१, आईतवार
सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज उनलाई निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।
नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरेको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ।
उनी १८ दिन अघिमात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । गत चैत ६ गते नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।