भक्तपुरको बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

होमल्याण्ड खबर

२०७७ चैत्र २५ गते, बुधबार १९:५३ मा प्रकाशित

सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का:  जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिस्का :   जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो।

सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले  जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको छ । बिस्का :  जात्रा चैत २८ बाट सुरु हुँदैछ ।