८ मंसिर २०८१, शनिबार
माओवादी र उनकै पार्टी भित्रको गुटै गुटले बाम गठबन्धनलाई बाइसे चौबिसे राज्यको भन्दा पनि बढी छिन्न भिन्न बनाए पछि ओली गुट अहिले कमजोर बनेको एमाले पार्टीभित्रैका अन्य नेताहरूको विश्लेषण छ । पछिल्लो समय, उनका विश्वास पात्रमाथि नै शंका र आशंकाको व्यावहार हुन थाले पछि ओली अफ्टेरोमा परेको समाचार श्रोतको ठम्याइ छ ।
शंका र आशंकाले ग्रस्त ओली गुटको व्यावहार बाहिर नआओस् भन्नेमा निक्कै निगरानी र सर्तक गराइए पनि यसले ओलीेलाई भित्रभित्रै कमजोर बनाएको बुझिएको छ । ओलीका विश्वास पात्र तथा कुशल योजनाकार मानिने पदम गौतम नेपाली काँग्रेसमा प्रवेश गर्नुले पनि ओली गुटको असन्तुष्टि सार्वजनिक भएको हो । एमाले परित्याग गर्ने भन्दा पनि पार्टीभित्रै बसेकहरूबाट ओलीले खतरा ठानिरहेको पारिवारिक श्रोतले होमल्याण्ड खबरलाई बताएको छ ।
बाम गठबन्धनको खैला बैला मच्चाइए पनि पार्टी गुटभित्रको असन्तुष्टि विष्फोटक रुपमा रहेको समाचार श्रोतको दावी छ । आफ्ना नजिककालाई पनि समेट्न नसक्ने ओलीले अरु नेता कार्यकर्तालाई गोलबद्ध गरेको प्रति ओलीनिकटहरू नै विश्वस्त हुन सकेका छैनन् । यहि अविश्वास र आशंकाका बीच एमालेमा पार्टी परिवर्तन र गुट परिवर्तन गर्नेको लर्काे केन्द्रदेखि गाउँसम्म पुगेको अनुमान गर्न थालिएको छ ।
अर्को तर्फ, पार्टी एकलौटी तरिकाले सञ्चालन गरेको, पार्टी राजनीतिमा एकाधिकार ल्याएको, माधब नेपाल र झलनाथनिकटलाई टिकट वितरणमा पूर्वाग्रह गरेको जस्ता आरोप लगाउदै माधव नेपाल र झलनाथनिकटलाई ‘मार्जिनलाइज्ड’ गरेको समाचार श्रोतको दावी छ । टिकटको अपेक्षा गरेको माधव नेपाल नजिक मानिने एक नेताले भने, ‘बाहिर गठबन्धन भने पनि पार्टीभित्र गुटबन्दीमा लागेका छन् ।’
यसबाट जोगिन ओलीइतर समूह पनि जसरी हुन्छ ओलीलाई तलदेखि नै सिध्याउने रणनीतिमा रहेको ती नेताले नाम नखुलाउने शर्तमा बताएका छन् । मंसीर १० पछि माओवादीले आफ्नो सक्कली अनुहार प्रस्तुत गर्ने भएकोले उनीहरूप्रति एमाले कार्यकर्ता विश्वस्त नरहेको विश्लेषण गरिएको छ ।माधव नेपालनजिकका नेताहरू टिकटबाट पिडीत भएकोले उनीहरू बढी निराश भएका छन् । यसरी टिकट पिडीत हुनेहरूमा धादिङका ऐमाले नेता राजेन्द्र पाण्डेलगायत दर्जनौं रहेका छन् । उनीहरूको राजनीतिक अस्थित्व समाप्त पार्ने वा उनीहरूलाई पार्टी परिवर्तन गर्नु पर्ने अबस्थामा पु¥याएको ऐमालेभित्रै व्यापक चर्चा भएको छ । माओवादीसँगको तालमेलका कारण गाउँस्तरमा ऐमाले कार्यकर्तामा चुनावी चहलपहल कम भएको ऐमालेको डाटा संकलनकर्ताको निष्कर्ष छ । एमाले पार्टीभित्रको इन्टेलिजेन्स ब्यूरोको सर्भेक्षणले पनि यसपटकको निर्वाचनमा ऐमालेका शीर्ष नेता नै अफ्ठेरोमा पर्न सक्ने निचोड निकालेका छन् ।