काठमाडौंको नागार्जुन जंगलमा आगलागी, हेलिकप्टरबाट पानी खसालिदै

होमल्याण्ड खबर

२०७७ चैत्र २९ गते, आईतवार १६:०५ मा प्रकाशित

काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा आगलागी भएको छ । आज दिँउसोबाट जंगलमा आगलागी भइरहेको प्रहरीले जनाएको छ ।

आगो  नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकिने भएपछि आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ । अहिले देशका विभिन्न ठाउँमा आगलागीका घटनाहरु भइरहेका छन् ।