इग्ल्यान्ड १–० गोल पराजित

होमल्याण्ड खबर

२०७५ असार १५ गते, शुक्रबार ०४:४४ मा प्रकाशित

बेल्जियम विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
बेल्जियम र इंग्ल्यान्डले पहिलो हाफमा भने गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने राम्रो अवसर दुबैले पहिलो हाफमा गुमाएका थिए ।
बेल्जिमयले दोस्रो हाफमा गोल गर्दै १–० गोलको अग्रता बनाएको थियो । बेल्जियमका लागि एड्नान जानुजाजले गोल गर्दै इंग्ल्यान्डविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए । खेलको ५१औं मिनेटमा जानुजाजले उत्कृष्ट गोल गरेका थिए ।
बेल्जियमले समूह चरणको तीनै खेलमा शतप्रतिशत जित निकालेको हो । यसअघि बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको थियो ।
दुबै टिम यसअघि नै विश्वकपको नकआउटमा प्रवेश गरिसकेको भएपनि यो खेलले समूह विजेता र उपविजेताको टुंगो लागेको हो ।