७ जेष्ठ २०८३, बिहीबार
रास्कोट नगरपालिका ५ गौतुकोटमा निमार्ण भएको रास्कोट अस्पताल आजबाट सञ्चालनमा आएको छ ।
पत्रकार तथा अभियन्ता रवि लामिछाने सहितको पहलमा निमार्ण भएको रास्कोट अस्पतालबाट आजदेखि सेवा सुरु भएको हो । आज एक कार्यक्रमको आयोजना गरी अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ भएको छ । कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।


अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ । २२२ रोपनी जग्गामा बनेको रास्कोट सामुदायिक अस्पाताल १५ श्ययाको क्षमताको हो। अस्पतालमा आकस्मिक कक्षमा पाँच शय्या छ। त्यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।
अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्।