७ जेष्ठ २०८३, बिहीबार
कोरोना भाइरस संक्रमणका कारण चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।


कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उजले जानकारी दिए।
जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।