९ मंसिर २०८१, आईतवार
नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख भुक्तानी गरेकाे छ । बैंके ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई उक्त रकम प्रदान गरेको हाे ।
स्व. श्री भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोह बिच हस्तान्तरण गरेका थिए ।
हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।