७ जेष्ठ २०८३, बिहीबार
काठमाडौंको नागार्जुनस्थित फस्कुमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा ती किहोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ र


महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङलाई बुधबार बेलुकी पक्राउ गरेको हो। पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।