७ जेष्ठ २०८३, बिहीबार
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न आग्रह गरेको छ ।
बिहिबार काठमाडौं महानगरपालिका प्रमुख स्तरको बैठकले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएका उक्त विद्यालयले अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु पर्ने निर्णय भएको छ ।


महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा विद्यालयमा त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने,सेनिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्डहरूको कडाइका साथ पालना गराउन भनिएको छ ।
यस्तै पत्र मार्फत अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु–गराउन समेत अनुरोध गरिएकाे छ ।
