७ जेष्ठ २०८३, बिहीबार
सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गर्दै सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरेको छ ।


उक्त आदेशअनुसार वैशाखभर जिमहल, पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।