७ जेष्ठ २०८३, बिहीबार
कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप (कोभिशिल्ड) लगाइँदै छ ।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुले यो अभियानअन्तर्गत विहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सक्ने छन् ।


पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी र पत्रकारले पहिलो डोजको खोप लगाएका थिए ।
आज सुरु हुने दोस्रो डोजको खोप अभियान वैशाख ११ गतेसम्म चल्ने छ ।
खोपका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले काठमाडौंमा १९, स्वास्थ्य कार्यालय ललितपुरले ११ र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ ।
पहिलो चरणमा ४ लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए ।