पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ बैशाख ७ गते, मंगलवार १४:३७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको भारतको हरिद्वारमा गंगा स्नान गरेर आइताबार स्वदेश फर्केका उनीहरुले कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमा संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालयले बताएको छ ।

हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको आमन्त्रणमा सहभागि हुन बिहीबार भारत गएका पूर्वराजा दम्पती आइताबार स्वदेश फर्केका थिए ।

भारत भ्रमण सकेर काठमाडौं फर्केका उनीहरुलाई स्वागत गर्न विश्व हिन्दु महासंघ लगायत राजावादी समर्थक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएका थिए । उनीहरुले उक्त दिन  ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन समेत गरेका थिए ।