नवनियुक्त न्यायाधीश चुँडाल र सुवेदीले लिए सपथ

होमल्याण्ड खबर

२०७८ बैशाख ८ गते, बुधबार १४:१७ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेका थिए ।