पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १७:०६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट २४४९ र एन्टीजेनबाट ११० गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ ।