नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि : १४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख ११ गते, शनिबार १७:४७ मा प्रकाशित

नेपालमा  थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।