सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ बैशाख १२ गते, आईतवार १४:५१ मा प्रकाशित

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज बस्दैछ । कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे छलफल गर्न आज दिउँसो ३ बजे सिंहदरबारमा निर्देशक समितिको बैठक बस्न लागेको हो ।

हिजो सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।

सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । सोही विषयमा छलफल गर्न आज निर्देशक समितिको बैठक बोलाइएको हो ।

बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।