७ जेष्ठ २०८३, बिहीबार
कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एक पुरुषको मृत्यु भएको छ । वीरगन्जकै नारायणी अस्पतालमा उपचारत वीरगन्ज महानगरपालिका ६ आदर्शनगरका ६० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
निमोनियाबाट ग्रसित ती पुरुषमा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि उनी वैशाख ३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । नारायणी अस्पतालमै उपचारका क्रममा उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


कोरोनाको दोश्रो लहर सुरु भएयता वीरगन्जमा हालसम्म १२ जना संक्रमितको मृत्यु भएको छ । मृतक १२ जनामध्ये पर्साका ९ जना , बाराका २ र सर्लाहीका १ जना हुन् ।