काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन प्रस्ताव

होमल्याण्ड खबर

२०७८ बैशाख १३ गते, सोमबार १२:२३ मा प्रकाशित

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर उच्च बन्दै गएपछि त्यसको रोकथामका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ ।

बैठकमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा कोरोना जोखिम र आवश्यक कदम तथा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । साथै आजको  बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

बैठकमा सहभागी भएका एक अधिकारीका अनुसार काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । उनले उक्त प्रस्तावमा केहीबेरमा निर्णय हुने बताए ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।