स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

होमल्याण्ड खबर

२०७८ बैशाख १३ गते, सोमबार १८:४४ मा प्रकाशित

नेपाल चिकित्सक संघले कोरोना भाइरसबाट प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवा अवस्थाका नागरिकहरुसमेत बढी संक्रमित भइरहेको परिस्थितिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन अपिल समेत गरिएको छ ।

त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव दिएको छ ।