उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

होमल्याण्ड खबर

२०७८ बैशाख १३ गते, सोमबार १९:४६ मा प्रकाशित

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन जारी गरेका हुन् । पछिल्लो समय कोरोना महामारीको हटस्पट बन्दै गएको उपत्यकामा संक्रमण नियन्त्रणका लागि यस्तो कदम चालिएको हो ।