१० मंसिर २०८१, सोमबार
इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइटराइडर्स विजयी विजयी भएको छ । भारतको हमदाबादमा सोमबार राति भएको खेलमा पन्जाब किंग्सलाई ५ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । जारी लिगमा कोलकाताको यो दोस्रो जित हो ।
पन्जाबले दिएको १ सय २४ रनको सामान्य लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।
कोलकाताका इयान मोर्गनले ४७ रनको योगदान दिए । यस्तै राहुल त्रिपाठी ४१, तथा आन्द्रे रसेलले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक–एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो ।
पन्जाबका मायांक अग्रवालले सर्वाधिक ३१ रन जोडे । यस्तै, क्रिस जोर्डनले ३०, लोकेश राहुल र निकोलस पुरणले १९–१९ तथा साहरुख खानले १३ रनको योगदान दिए ।
कोलकाताका प्रसिद्ध कृष्णले ३ विकेट तथा सुनिल नारिन र पाट कुमिन्सले २–२ विकेट लिए ।
यो जितसँगै कोलकाता ६ खेलबाट ४ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान ४ अंक जोडेको पन्जाब छैटौं स्थानमा छ ।