प्रहरी प्रधान कार्यालयमा कार्यरत ४५ प्रहरीमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७८ बैशाख १४ गते, मंगलवार १३:२२ मा प्रकाशित

नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल ‘हेडक्वार्टर’मा कार्यरत ४५ प्रहरीमा अहिले कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

पहिलो चरणमा समेत प्रहरी हेडक्वार्टरमा सयौँलाई संक्रमण देखिएको थियो । अहिले देशभर भने ९३ प्रहरीमा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पहिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो ।