७ जेष्ठ २०८३, बिहीबार
काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै उपत्यका छाड्नेको संख्या बढेको छ । सोमबार (हिजो) एकैदिनमा विभिन्न नाकाबाट ५० हजार ४५६ यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । सोही अवधिमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका थिए ।
सो क्रममा सात हजार ९०० साना–ठूला सवारी बाहिरिएका छन् भने सात हजार ६३७ सवारी उपत्यका भित्रिएका छन् । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साता लामो निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।

