सार्वजनिक सवारीमा रोक लगाउने सरकारी निर्णय प्रति यातायात व्यवसायी असन्तुष्टि

होमल्याण्ड खबर

२०७८ बैशाख १४ गते, मंगलवार १७:१३ मा प्रकाशित

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ ।

सरकारको निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन्। कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने चेतावनी समेत दिए ।

अघिल्लो वर्ष लामो समय बन्द गरिदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन्।

सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरुले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन्।