७ जेष्ठ २०८३, बिहीबार
कोभिड १९ को महामारीले भयावह रुप ल्याइरहेको अबस्थामा
प्रहरीले जनचेतनामूलक स्टिकर टास्ने आभियानको शुरुवात गरेको छ ।


हर पहर नगरी टाेलटाेलमा नेपाल प्रहरी भन्ने नारा सहित महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र चन्द्रागिरि नगरपालिकाकाे सहकार्यमा स्टिकर टास्ने आभियानको शुरुवात गरिएको हाे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहा पथका एसपी श्यामकृष्ण अधिकारी र चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,महानगरीय प्रहरी वृत्त थानकोटकमा प्रमुख डिएसपी माेहन बहादुर खाँणले संयुक्त सवारीसाधनमा जनचेतनामूलक स्टिकर टास गरेर सुभारम्भ गरेका हुन् ।
प्रहरीले साना तथा ठुला प्रत्येक सवारीमा जनचेतनाका लागि अनिवार्य मास्कको प्रयोग र जथाभावी फोहोर नफाल्न लेखिएको जनचेतनामुलक स्टिकर ५ हजार पिस टास्ने कार्य भईरहेकाे प्रहरी निरीक्षक शंकर खड्काले बताए ।
महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले वढ्दाे संक्रमन राेक्न नागरिकहरूमा चेतनाकाे स्तर वढाउन महाशाखाले हरेक युनिटहरूलाई सक्रय बनाउने काम गरेकाे बताए ।
चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले ट्राफिक प्रहरी संगकाे सहकार्यमा हरेक गतिविधिमा सधै साथ र समन्वयकाे साथ अगाडि वढ्ने बताए । उनले कंलकी देखि नागढुङ्गा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यमा कुनै कसर नराख्ने गिरीकाे भनाई छ ।
नगरपालिकाले सडकमा कंलकी देखि नागढुङ्गा सम्म स्टिप लाईट जडान गर्न बजेट समेत छुटाईसकेकाे जनाएको छ ।