कोरोना संक्रमण भएर अस्पतालमा उपचाररह पूव महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसीयूमा सारिएको छ । नर्भिक हस्पिटलमा उपचाररहत शाहमा अक्सिजन कम भएपछि आइसीयूमा राखिएको हो ।
‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसीयूमा सारिएको हो । अहिले उहाँलाई हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।