७ जेष्ठ २०८३, बिहीबार
निषेधाज्ञामा उपत्यका भित्रका सबै पम्पहरु खुल्ला हुने भएका छन् ।
वुधबार नेपाल आयाल निगमले एक सूचना जारी गर्दै उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरु खुल्ला रहने जनाएको हो ।


बिहीबारदेखि काठमाडौँ, भक्तपुर र ललितपुर तीन वटै जिल्लाहरुमा निषेधाज्ञा जारी हुँदैछ । त्यस समयमा पनि पेट्रोलियम पदार्थको सहज र सरल ढङ्गबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमले प्रदेश कार्यालय थानकोट डिपोसहित उपत्यकाका सबै पेट्रोल पम्पहरु खुल्ला राख्न लागिएको निगमले जनाएको छ ।