७ जेष्ठ २०८३, बिहीबार
जल तथा मौसम पूर्वानुमा महाशाखाले आज बिहीबार देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ ।
महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ ।


मौसमसम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको छ । आज अपराह्नतिर देशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ ।
राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।