त्रिविको रोकिएका परीक्षा सञ्चालन गर्न छलफल

होमल्याण्ड खबर

२०७८ बैशाख १७ गते, शुक्रबार १४:५८ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले कोरोना भाइरस माहामारीका कारण रोकिएको परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल थालेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका समयमा परीक्षा कसरी सञ्चालन गर्नसकिन्छ भन्ने विषयमा छलफल चलिरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले
जानकारी दिए ।

उनले केही समयभित्रै उययुक्कक्त विधिको  टुंगो लगाइ परीक्षा सञ्चालन गर्नेबारे छलफल चलिरहेको बताए ।

उनले कतिपय विद्यार्थी इनटरनेटको सुविधा नभएको ठाउँमा रहेकाले अहिले नै परीक्षा अनलाइनबाट गर्ने कि भौतिक रुपमै भन्ने बारेमा कुनै निर्णय भइनसकेको बताए ।

परिस्थिति सहज भए भौतिक रुपमै परीक्षा लिने सहज नभए के गर्ने भन्ने बारेमा केही उपाय निकाल्ने उनको भनाइ छ ।

देशभर कोरोना संक्रमणको दर बढेपछि त्रिविका सबै तहको परीक्षा स्थगित भएको छ ।