नेपालमा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख १८ गते, शनिबार १७:११ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ ।