मन्त्रिपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ बैशाख १९ गते, आईतवार ०९:४९ मा प्रकाशित

मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी ओलीले अपराह्न ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे छलफल हुने बताइएको छ ।

बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने बुझिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान तथा छिमेकी मुलुक भारतसँगका सीमा नाका बन्द सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ ।