कोरोनाबाट गण्डकी प्रदेशमा थप ८ जना मृत्यु 

होमल्याण्ड खबर

२०७८ बैशाख १९ गते, आईतवार १२:५५ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ ।

कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक–एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसन तथा पोखराका विभिन्न अस्पतालमा उपचारत उनीहरुको मृत्यु भएको उनले बताए ।