९ मंसिर २०८१, आईतवार
सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हवाई सेवा बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
‘अहिले पनि बैठक जारी छ, हवाई उडान बन्द गर्नुपर्छ भन्ने राय सबैले राखेपछि बन्द गर्ने निर्णय भयो, उडान बन्द गर्ने बारे सबै मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, पछिल्लो समय झन कोरोना फैलिँदै गएपछि सकैले बन्द गर्नुपर्छ भन्ने राय राखे,’ ती मन्त्रीले भने ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि आन्तरिक तथा बाह्य हवाई सेवा भने निरन्तर चलिरहेको छ । सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै अब आन्तरिक र बाह्य हवाई उडान बन्द हुनेछ ।
नागरिक उड्डयन प्राधिकरणले सेड्युल पास भएका उडान संख्यामध्ये ५० प्रतिशत घटाउन हवाई सेवा प्रदायकहरुलाई भनिसकेको छ ।