बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु 

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १७:१३ मा प्रकाशित

बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५सय मिटर तल खसेको बताइएको छ।