थप ७६६० जनामा संक्रमण,५५ जनाकाे मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १७:२३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।