स्वस्थ्य खानपान र सकरात्मक चिन्तनले प्रतिरोधात्मक क्षमता बढाउँछ 

होमल्याण्ड खबर

२०७८ बैशाख २२ गते, बुधबार १५:३१ मा प्रकाशित

कोरोना संक्रमणको महामारी फैलिएसंगै रोगप्रतिरोधातमक क्षमता वृद्धि गर्ने खानेकुराको निकै चर्चा चलेको छ । पोषणयुक्त खानपान र जीवन शैलीबाटै कोरोना संक्रमणबाट बच्न सकिने  चिकित्सकहरुले बताएका  कारण पनि यति बेला खानपानका बारेमा मानिसमा चासो बढिरहेको हो।

शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सकिने चिकित्सकहरु बताउँछन् ।  त्यसैले आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिनु अति आवश्यक छ ।

धुम्रपान र मादक पदार्थ सेवनलाई पूर्ण रुपमा निषेध गर्ने । हरियो खागपात ज्यादा खाने । माछामासु र दुग्ध पदार्थ सेवानलाई जोड दिने । ताजा फलफूल नियमित खाने । घरमै तयार पािरएको चिल्लो रहित खानालाई जोड दिने । दाल , गेडागुडीलाई नियमित राख्ने गर्नुले हाम्रो शरीलाई चाहिने पोषण प्राप्त हुने गर्छ । जसले रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

चिकित्सकहरुका अनुसार स्वस्थ्य खानपानले मात्रै मानिसमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुँदेन ।   आफ्नो   जीवनशैलीले पनि रोगसंग लड्ने क्षमतालाई बढाउने र घटाउने काम गर्दछ।

रातमा  छिटो सुत्ने । विहान छिटो उठ्ने । दिनमा नसुत्ने । नियमित रुपमा शारिरिक कसरत गर्ने । शान्त र सकरात्मक बन्ने । गीतसंगीतलाई साथी बनाउने । शरीरलाई आवश्यक मात्रामा पानी पिउने र समयमा खानाखाने र नकरात्मक विचारबाट सधै मुक्त रहने गरियो भने शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सकहरु बताउँछन् ।