थप ८६५९ जनामा काेराेना सक्रमण,५८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २२ गते, बुधबार १७:१८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।                            मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।